सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गरिन् भर्चुअल एक्पो २०२४ – Nepal Press

सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गरिन् भर्चुअल एक्पो २०२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘एनसीआइसीके डिजिटल एक्पो २०२४’ को उद्घाटन गरेकी छन् ।

शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘एनसीआइसीके डिजिटल एक्पो २०२’ को उदघाट्न मन्त्री शर्माले गरेकी हुन् ।

आज वैशाख १४ गतेदेखि सुरु भएको डिजिटल अर्थात् भर्चुअल एक्पो २०२४ आगामी जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । यश एक्पोमा सानादेखि ठूला सबै प्रकारका घरेलुदेखि विदेशी उत्पादन उत्पादनसम्म मेटिएका छन् ।

‘डिजिटल बजारमार्फत नेपाली उत्पादनको विश्वव्यापीकरण’ नाराका साथ सुरू गरिएको भर्चुअल एक्पोमा स्वदेशी र विदेशी गरी १२० स्टलहरू राखिएका छन् । ग्राहकहरूले सबै प्रकारका उत्पादनहरू खरिद गर्न सक्छन् ।

यो एक्पो डिजिटल बजारमार्फत नेपाली उत्पादनको विश्वव्यापीकरणको पहिलो प्रयास गरेको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *