नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको टी-२० सिरिजको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट – Nepal Press

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको टी-२० सिरिजको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको ऐतिहासिक टी–२० क्रिकेट सिरिजमा डिशहोम फाइबरनेट प्रायोजक रहेको छ । डिशहोम फाइबरनेट ‘पावर्डबाई पार्टनरको’ रुपमा जोडिएको हो । कान्तिपुर टेलिभिजन एचडी, कान्तिपुर म्याक्स र कान्तिपुरको डिजिटल प्लेट्फर्मबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुँदैछ । नेपाल र वेस्टइन्डिज दुवै टिम आउँदो टी २० क्रिकेट विश्वकप खेल्न लागेका पनि यो सिरिज निकै नै महत्वपूर्ण रहेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल शनिवार हुनेछ । दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ । सवै खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *