बझाङ उपनिर्वाचन: मौन अवधि सुरु हुनुअघि अरू प्रचारप्रसारमा, भण्डारी किरियामा – Nepal Press

बझाङ उपनिर्वाचन: मौन अवधि सुरु हुनुअघि अरू प्रचारप्रसारमा, भण्डारी किरियामा

बझाङ । बझाङको उपनिर्वाचनको मतदान हुने अब केही दिन मात्रै बाँकी छ । भोलिबाट मौन अवधि सुरु हुँदै छ । आज यहाँका अन्य दलहरू भड्किला प्रचार प्रसारमा छन् । तर, एमाले जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार दमन भण्डारी भने शोकमा छन् ।

मंगलबार ८८ वर्षको उमेरमा बुबा चक्रबहादुर भण्डारीको मृत्यु भएपछि अहिले भण्डारी आफ्नो पुर्ख्यौली घर छबिस पाथिभेरा गाउँपालिका–१, भण्डारी गाउँमा किरियामा बसेका छन् ।

उनीसँगै उनका दाजु र भाइ पनि छन् । करिब २० वर्ष पहिल्यै आमा गुमाएका भण्डारीले निर्वाचन भन्दा केही दिन अघि मात्रै बुबा गुमाए ।

२०५४ सालमा मटेला गाविस अध्यक्षमा निर्वाचित भएका भण्डारी त्यसपछि कुनै पनि संसदीय निर्वाचनमा होमिएनन् । पहिलो पटक उम्मेदवार बनेर निर्वाचित हुने दाबी गरेका उनले चुनावको मुखमै बुबा गुमाएपछि अहिले मत माग्न समेत जना नपाएका पीडा पोखे ।

उनलाई घरमै भेट्न आउनेहरूले उनलाई सान्त्वना दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live