स्न्यापच्याटले पनि एआई जेनेरेटेड फोटोहरुमा वाटरमार्क लगाउँदै – Nepal Press

स्न्यापच्याटले पनि एआई जेनेरेटेड फोटोहरुमा वाटरमार्क लगाउँदै

काठमाडौं । अब स्न्यापच्याटले पनि एआईबाट बनाइएका फोटोहरुमा वाटरमार्क लगाउने भएको छ । गत महिनामा मेटा प्लेटफर्मपछि स्न्यापच्याटले पनि एआई जेनेरेटेड फोटोहरुमा वाटरमार्क लगाउने भएको हो ।

गत महिना मात्रै मेटाले आफ्नो प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र थ्रेर्डसमा पनि एआईबाट बनाइएकका फोटोहरुमा लेबल अर्थात वाटरमार्क लगाउन सुरु गरेको थियो । जसमा एआईबाट बनेका फोटोहरुमा एआई उल्लेख गरिएको वाटरमार्क राखिएको छ । तर, स्न्यापच्याट अलिक छुट्टै किसिमले वाटरमार्क लगाउने भएको छ ।

स्न्यापच्याटले भने, एआई जनेरेटेड फोटोहरुमा आफ्नो अनौठो किसिमको वाटमार्क लगाउने भएको हो । एआई जेनेरेटेड फोटोहरुमा स्न्यापच्याटले सानो आफ्नै लोगोलाई सुन्दर किसिमले फोटोको माथिल्लो पट्टी राख्नेछ ।

जुन देख्दा निकै सुन्दर किसिमको देखिन्छ । सामान्य रुपमा हेर्दा स्न्यापच्याटले लगाएको वाटमार्क हो कि होइन भन्ने नै छुट्याउन नसकिने किसिमले बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर