नेपालमा ‘अगतिलो स्वागत’ भएको टिप्पणीमा के भन्छन् वेस्ट इन्डिजका प्रशिक्षक र कप्तान ? – Nepal Press

नेपालमा ‘अगतिलो स्वागत’ भएको टिप्पणीमा के भन्छन् वेस्ट इन्डिजका प्रशिक्षक र कप्तान ?

काठमाडौं । वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आउँदा गतिलोसँग स्वागत नगरिएको भन्दै सामाजिक सञ्जालमा ठूलै आलोचना भयो ।

नेपाल क्रिकेट संघ (क्यान) बाट उच्च पदस्थहरु एयरपोर्ट नगएको तथा खेलाडीको सामान हाल्न थोत्रो गाडी पठाइएकोमा नेपालीहरु रुष्ट बनेका छन् ।

यस विषयमा वेस्ट इन्डिज टीमबाट कुनै पनि प्रतिक्रिया अहिलेसम्म आएको छैन । तर, वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोइड रिफरले यस विषयमा मुख खोलेका छन् । उनले बाहिर भइरहेका चर्चा तथा टीकाटिप्पणीप्रति अनभिज्ञता प्रकट गरे ।

‘इमान्दारितापूर्वक भन्नुपर्दा हामीले अहिले इन्टरनेट चलाइरहेका छैनौं । हामी यहाँ क्रिकेट खेल्न आएका हौं, र हाम्रो फोकस खेलमा नै छ । सामाजिक सञ्जालमा के भइरहेको छ भन्नेमा हाम्रो फोकस छैन । हामी आफ्नो जोनमा छौं,’ उनले भने ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले नेपालमा राम्रो आतिथ्यता पाइरहेको बताए ।

उनले भने, ‘हामीलाई न्यानो स्वागत गरियो । हामीले अहिलेसम्म राम्रो आथित्य पाइरहेका छौं । मानिसहरु धेरै मित्रवत छन् । यहाँ आउन पाउँदा निकै खुसी छौं,’ उनले भने ।

वेस्ट इन्डिज टीम सोल्टी होटलमा राखिएको छ । उनीहरुले टियु क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन् । नेपाल र वेस्ट इन्डिजबीच भोलिबाट टी-२० श्रृंखला सुरु हुँदैछ । दुई देशले ५ वटा टी-२० म्याच खेल्नेछन् । नेपालले टी-२० विश्वकपको तयारीका लागि यो श्रृंखला आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *