ह्वाट्सएपमा उपलब्ध भयो मेटा एआई फिचर, फेसबुक र इन्स्टाग्राममा पनि प्रयोग गर्न सकिने – Nepal Press

ह्वाट्सएपमा उपलब्ध भयो मेटा एआई फिचर, फेसबुक र इन्स्टाग्राममा पनि प्रयोग गर्न सकिने

काठमाडौं । मेटा प्लेटफर्मले ‘मेटा एआई’ च्याटबोटलाई ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम सबैमा उपलब्ध गराउने भएको छ ।

मेटा प्लेटफर्मका संस्थापक मार्क जुकरबर्गले ‘एआई–पावर्ड’ फिचर ‘मेटा–एआई’ ह्वाट्सएपमा उपलब्ध भएको घोषणा गरेका हुन् । भने, यसलाई इन्स्टाग्राम र फेसबुकमा पनि ल्याउने जुकरबर्गले उल्लेख गरेका छन् ।

जुकरबर्गले ‘मेटा एआई’ अंग्रेजी भाषामा अस्ट्रेलिया, क्यानडा, घाना, जमैका, न्युजील्याण्ड, नाइजेरीया, दक्षिण अफ्रिका, युगान्डा, माम्बिया र जिम्बाब्वेमा उपलब्ध गराइएको उल्लेख गरेका छन् । यी राष्ट्रहरूका प्रयोगकर्ताहरूले ह्वट्सएप आईएसओ र एन्ड्रोइड दुबैमा अपडेट गरेर प्रयोग गर्न सक्छन् ।

मेटा एआई मार्फत प्रयोगकर्ताहरूले आफूलाई लागेका प्रश्नहरूको जवाफ र समस्या समाधानका उपायहरू पाउन सक्नेछन् । मेटा एआईले स्पोर्टस, इन्टरटेनमेन्ट र समसामयिक विषयमा तुरुन्तै जवाफ दिने जनाइएको छ ।

मेटा एआई अन्य च्याटबोट जस्तै प्रयोग गर्न सकिन्छ । तर, यसमा कल्पना गरिएको कुरालाई पनि चित्रमा देख्न सकिने मेटाले दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर