माधव नेपाल भन्छन्- कांग्रेसलाई शत्रु घोषणा गरे हामी सक्किन्छौं (भिडिओ) – Nepal Press

माधव नेपाल भन्छन्- कांग्रेसलाई शत्रु घोषणा गरे हामी सक्किन्छौं (भिडिओ)

'कसैले दम्भ देखाए सरकार भुइँमै पछारिन्छ'

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टीलाई समाप्त पार्ने खेल रहेको टिप्पणी गरेका छन् ।

युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै कसैको बहुमत नआएकाले अहिले संसदमा उपस्थित सबै दलको भूमिका समान रहेको बताए ।

उनले भने, ‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन् । त्यसमध्ये ६ वटा सरकारमा छन् । एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ । त्यसैले कोही पनि घमण्डी नहोस् । दम्भ नदेखाऔं, झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको मुख्यमन्त्रीको सिलसिलामा आइसकेको थियो । तर, प्रधानमन्त्रीले लचकता देखाउनुभयो । अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ । अहिले विभिन्न प्रदेशमा हामीलाई स्थान दिइएको छ । कसैले कांग्रेसलाई शत्रु बनाउनुपर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् । त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो ।

उनले एमालेलाई लक्षित गर्दै अहिले आफूहरुले गरेको गठबन्धन भएपनि कसैलाई त्यो शब्द प्रयोग गर्न अफ्ठ्यारो परेको टिप्पणी गरे ।

 


प्रतिक्रिया

2 thoughts on “माधव नेपाल भन्छन्- कांग्रेसलाई शत्रु घोषणा गरे हामी सक्किन्छौं (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर