सामसुङ र एप्पललाई पछि पार्दै चिनीया मोबाइल साओमी बन्यो विश्वकै नम्बर १ – Nepal Press

सामसुङ र एप्पललाई पछि पार्दै चिनीया मोबाइल साओमी बन्यो विश्वकै नम्बर १

काठमाडौं । सामसुङ र एप्पललाई उछिन्दै चिनीया मोबाइल साओमी पहिलो संसारकै नम्बर १ स्मार्ट फोन ब्रान्ड बन्न सफल भएको छ । काउन्टरप्वाइन्टको बिहीबार प्रकाशित अध्ययन प्रतिवेदनले यो तथ्य बाहिर ल्याएको हो ।

गत जून महिनामा साओमीको विक्रीमा २६ पतिशतले बढोत्तरी भएको थियो । यति द्रुत गतिमा बजार बिस्तार अरु कम्पनीले गर्न सकेका छैनन् ।

सन् २०२१ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जूनसम्म) यो कम्पनी विक्रीको हिसाबले दोस्रो नम्बरमा थियो । सन् २०११ यता कुल मिलाएर यस कम्पनीका ८० करोड स्मार्ट फोनहरु विक्री भएका छन् ।

‘जहिलेदेखि हुवेइ ओरालो लाग्यो, त्यसले सिर्जना गरेको अन्तराललाई साओमीले स्थिर तर आक्रामक प्रयासमार्फत पूर्ति गरेको छ,’ अनुसन्धान निर्देशक तरुण पाठकले भनेका छन् ।
पाठकका अनुसार जूनमा चीन, यूरोप र भारतको आर्थिक पुनरुत्थानले साओमीलाई सहयोग गर्यो, जतिबेला सामसङले पर्याप्त आपूर्ति गर्न सकिरहेको थिएन । जूनमा साओमीले १६ प्रतिशत बजार बिस्तार गरेको छ ।

भियतनाममा कोभिड-१९ महामारीको नयाँ छालले गर्दा जूनमा सामसुङको उत्पादन अवरुद्ध भएको थियो । जसले गर्दा बजारमा यसले पर्याप्त आपूर्ति गर्न सकेन । यसले सिर्जना गरेको अभावलाई साओमीले पूर्ति गरिदिएको थियो ।

हाल साओमीले मोबाइल बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको छ । जबकि सामसङको हिस्सा १५.७ प्रतिशत र एप्पलको १४.३ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *