शिक्षा क्षेत्रमा परिवर्तन गर्न नसक्दा शैक्षिक बेरोजगार मुख्य चुनौती बन्यो : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

शिक्षा क्षेत्रमा परिवर्तन गर्न नसक्दा शैक्षिक बेरोजगार मुख्य चुनौती बन्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारको ध्यान युवा लक्षित कार्यक्रममा रहेको बताए।

पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आफूहरूले शैक्षिक क्षेत्रको विकासमा सोचेजस्तो परिवर्तन गर्न नसकेको हालसम्म पनि गर्न नसकेको कुरा चिन्ताको विषय भएको बताए।

उनले भने, मेरो ध्यान युवा मैत्री स्रोत, युवा लक्षित उद्यमशीलता मार्फत उत्पादन वृद्धि रोजगारी सिर्जनामा सरकारको ध्यान गएको छ। मलाई एउटा चिन्ता छ नेपालको प्रजनन दर २ प्रतिशत भन्दा घटेको छ। धेरै युवाहरू विदेश जाने क्रमसँगै जनसंख्याको हाम्रो युवाहरूको ४० प्रतिशत अब केही समयपछि रहनेछैन। त्यस कारण युवाहरूले समय छँदै देशको लागि केही गर्नुपर्ने संकल्प लिनुपर्छ आवश्यक छ।

शैक्षिक क्षेत्रको विकासमा हालसम्म पनि सोचेअनुसारको परिवर्तन गर्न नसकेको उल्लेख गर्दै शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारी मुख्य चुनौती रहेको बताए।

युवाहरूमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए।

प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउँदै समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *