कोमात्सु नयाँ भर्सनको स्काभेटर सार्वजनिक, मोबाइलमा लिंक गरेर घरबाटै सबै गतिविधि हेर्न सकिने – Nepal Press

कोमात्सु नयाँ भर्सनको स्काभेटर सार्वजनिक, मोबाइलमा लिंक गरेर घरबाटै सबै गतिविधि हेर्न सकिने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रो एक्स्पोकै अवसरमा पारे उक्त स्काभेटर सार्वजनिक गरेका हुन् ।

जापानी कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको १४७ हर्सपावर क्षमताको आफ्नै इन्जिन छ । कोमात्सुका स्काभेटर ४ र ६ सिलिण्डर दुवैमा उपलब्ध छन् ।

यसले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्ने कम्पनीको दाबी छ । अघिल्लो संस्करणभन्दा यसको मूल्य १० लाख रुपैयाँ कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका प्रबन्धक प्रदीप बरालले जानकारी दिए ।

हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै ३ वटा बुकिङ भइसकेको बरालले जानकारी दिए ।

उनका अनुसार यसमा कोमट्र्याक्स जडान गरिएको छ । यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिंकअप गरेर घरमै बसी बसी सबै गतिविधि अनुगमन गर्न सकिन्छ । यो स्काभेटरको मेन्टिनेन्स खर्चसमेत निकै कम रहेको कम्पनीले बताएको छ ।

यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *