राष्ट्रिय कविता महोत्सवमा कविता राई प्रथम – Nepal Press

राष्ट्रिय कविता महोत्सवमा कविता राई प्रथम

काठमाडौं ।  नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष गर्दै आइरहेको ‘राष्ट्रिय कविता महोत्सव’ २०७८ बुधबार सम्पन्न भएको छ । महोत्सबमा भोजपुरकी कवि कविता राई प्रथम भएकी छिन् । उनको ‘देशको नक्सा’ शीर्षकको कविता प्रथम भएको हो ।

धादिङकी अमृता स्मृति दोस्रो, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय भएका छन् ।

प्रथम हुने कविले ५० हजार रुपैयाँ, द्वितीयलाई ४० तथा तृतीय हुने तीनजनालाई जनही ३० हजार रुपैयाँ र पदक प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर