पुन: आन्दोलन गर्ने मिटरब्याज पीडित संघर्ष समितिको चेतावनी – Nepal Press

पुन: आन्दोलन गर्ने मिटरब्याज पीडित संघर्ष समितिको चेतावनी

सिरहा । पीडितहरू झन् पीडित बन्दै गएको भन्दै सरकारविरुद्ध पुनः आन्दोलन गर्ने मिटर ब्याज पीडित संघर्ष समितिले चेतावनी दिएको छ ।

समितिका संयोजक मनोज पासवानले शुक्रवार सिराहाको लहानमा पत्रकार सम्मेलन गर्दै पुनः आन्दोलनमा जाने चेतावनी दिएका हुन् । उनले सरकार विगतमा गरेको सम्झौता अनुसार पीडितको पक्षमा काम कारबाही नगरेको आरोप लगाएका छन् ।

पीडितको पक्षमा उभिएपछि संयोजक पासवानसहित चार जनालाई लहान प्रहरीले पक्राउ गरेको थियो । उनले भने, ‘मिटरब्याज पीडितलाई न्याय दिनुको साटो प्रहरी प्रशासनले साहुसँग साँठगाँठ गरी पीडितलाई पक्राउ गर्ने र यातना दिने काम गरिरहेको छ ।’

प्रहरी प्रशासन मिटर ब्याज आन्दोलनलाई असफल बनाउन र पीडितका समस्या दबाउन षड्यन्त्रमा लागेको संयोजक पासवानले आरोप समेत लगाए ।

उनले पीडितका समस्या समाधानको काम प्रभावकारी ढंगले अघि नबढे चाँडै सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *