दाेषीलाई कारवाहीकाे माग गर्दै स्थानीयले चक्काजाम गरेपछि भिमदत्त राजमार्ग अवरुद्ध – Nepal Press

दाेषीलाई कारवाहीकाे माग गर्दै स्थानीयले चक्काजाम गरेपछि भिमदत्त राजमार्ग अवरुद्ध

डोटी । भिमदत्त पन्त राजमार्गको गैरा खण्डमा स्थानीयबासीहरुले चक्काजाम गरी अवरुद्ध गरेका छन् ।सोमवार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बसको ठक्करबाट मृत्यु भएका आफन्तले चक्काजाम गरेका हुन् ।

बसले ठक्कर दिएर फरार रहेकाले आफूहरुले वाध्यताबस चक्काजाम गर्नु परेको मृतकका आफन्त सोपानसिंह खड्काले जानकारी दिए । सोमवार सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकल ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेल्धुरा, आलिताल गाउँपालिका–१ थक्लाडी पुणबहादुर ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ऐर पूर्व वडाध्यक्ष हुन् । घटनाको कानुनी समाधान खोज्नुको सट्टा चालक फरार भएपछि सोमवार साँझ पनि स्थानीयबासीहरुले २ घण्टा चक्काजाम गरेका थिए । मंगलवार बिहान ८ वजेदेखि अनिश्चितकालका लागि चक्काजाम गरिएको खड्काले वताए ।

दोषीलाई कानुनी दायरामा नल्या एसम्म चक्काजाम जारी रहने पीडित पक्षको अडान छ । बन्दाकर्ताहरुले एम्बुलेन्स लगायत अत्यावश्यक सवारी चल्न दिने जनाएका छन् । स्थानीयबासीहरुले प्रकाश वोहराको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *