‘झापामा लागेको आगो कञ्चनपुरमा निभाउन जाउँ’ भनेर सरकारले झारो टार्न खोज्यो : लेखक (भिडिओ) – Nepal Press

‘झापामा लागेको आगो कञ्चनपुरमा निभाउन जाउँ’ भनेर सरकारले झारो टार्न खोज्यो : लेखक (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवार पूर्ण रूपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् ।

उनले सरकार संसदीय समिति बनाउन तयार भए पनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए ।

उनले संसदीय समितिको नाममा झारो टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको बताए ।

उनले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने कुरा पनि उल्लेख गरेर जाने, जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाऊँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोगबारे पनि उल्लेख गर्न भने पनि सत्तापक्ष विषय केन्द्रित हुन नमानेको बताए ।

प्रमुख सचेतक लेखकले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उनको नाम राखेरै संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको र कांग्रेस आफूहरूको मागबाट पछि नहट्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “‘झापामा लागेको आगो कञ्चनपुरमा निभाउन जाउँ’ भनेर सरकारले झारो टार्न खोज्यो : लेखक (भिडिओ)

  1. ४७ सालदेखि श्रीमती समेत प्रयोग गरेर यो देश लुटेका भ्रष्ट र देश बेचुवा काँग्रेसहरूलाई यो देशमा राजनीतिबाट पत्तासाफ नगरी देशले शान्ति पाउदैन । दुईदिन सत्तामा बसेर लुटन नपाउदा हेर बबण्डर राष्ट्रघाती लुटेराहरूको । यिनका घरघरमा गएर एक एक सम्पत्ती छानबिन गरेर टुडिखेलमा नाङ्गेझार पारौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर