प्रतिनिधिसभा बैठक फेरि सर्‍यो – Nepal Press

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा विशेष कारण देखाउँदै पुन: साढे ४ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसकेकाले सदन अन्योल भएको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ ।

कानून मन्त्रालयमा दिनभर भएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा यही विषय राख्नेमा कुरा नमिलेको हो । कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ ।

सत्ता पक्ष भने सहकारीको नाम उल्लेख गरेपनि रविको नाम उल्लेख गरेर कार्यादेश नबन्ने अडानमा छन् ।


प्रतिक्रिया

One thought on “प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर