काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा (आदेशसहित) – Nepal Press

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा (आदेशसहित)

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।

मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने ललितपुर सीडीओ निरौलाले बताए । एकसाताको परिस्थिती हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।

किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द हुने, यी हुन् ९ बजेसम्म खुल्न पाउने पसलहरु

निषेधाज्ञामा तीनवटा वाणिज्य र दुई विकास बैंकका शाखा मात्र खुल्न पाउने

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, संस्थान तथा बीमा सेवा बन्द

तरकारी र खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्न पाउने

खाद्यान्न र निर्माण सामग्री ढुवानीमा रोक लगाउने निर्णय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर