नेपाल प्रेसकर्मी भुल ‘युवा पत्रकारिता पुरस्कार २०८०’बाट सम्मानित – Nepal Press

नेपाल प्रेसकर्मी भुल ‘युवा पत्रकारिता पुरस्कार २०८०’बाट सम्मानित

काठमाडौं । नेपाल प्रेसकर्मी केशव भुल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले १४ औँ महाधिवेशन तथा वार्षिक साधारण सभाको अवसरमा उनलाई ‘युवा पत्रकारिता पुरस्कार २०८०’ले सम्मान गरेको हो ।

शाखाको महाधिवेशन तथा साधारण सभाका अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमकाविच सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले भुललाई सम्मापन पत्र तथा खादा ओढाएर सम्मान गरेकी छन् ।

विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भुल नेपाल प्रेस डटकममा वरिष्ठ सम्वाददाताका रुपमा स्थापना कालदेखि नै कार्यरत छन् । उनले संसदीय मामिला, सुशासनसँगै राजनीतिक विधामा कलम चलाउँदै आएका छन् । भुल प्रेस सेन्टर नेपालका सचिवसमेत रहेका छन् ।

युवा पत्रकारिता पुरस्कारबाटै अम्बिकाकुमारी पौडेल पनि सम्मानित भएकी छन् । उनी नयाँ पत्रिकामा कार्यरत छन् । यस्तै धर्मरत्न शाक्य आर्दश पत्रकारिता पुरस्कारबाट लेखनाथ न्यौपाने सम्मानित भएका छन् ।

न्यौपाने नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक हुन् भने पत्रकार महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष पनि हुन् । शाखाले ललिपतुर पत्रकारिता पुरस्कारबाट गोपाल आलेमगर, गंगाबहादुर लामा र माधवप्रसाद घिमिरेलाई सम्मान गरेको छ भने प्रेस सेनानीबाट पत्रकार महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष प्रभुनारायण बस्नेत र पत्रकार महासंघका पूर्व सचिव धमेन्द्रकुमार कर्णलाई सम्मान गरेको छ ।

शाखाले १४ औँ महाधिवेशन तथा वार्षिक साधारण सभाको अवसरमा महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष प्रभुनारायण बस्नेत, पूर्व अध्यक्ष एवम पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर, पूर्व अध्यक्ष एवम पत्रकार महासंघ लेखा समिति संयोजक लेखनाथ न्यौपाने, पूर्व अध्यक्ष एवम पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेललाई पनि सम्मान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर