भीमदत्त राजमार्ग केही समयका लागि खुल्यो – Nepal Press

भीमदत्त राजमार्ग केही समयका लागि खुल्यो

डोटी । मङ्गलवार बिहान ८ बजेदेखि बन्द भएको भीमदत्त राजमार्ग केही समयमा लागि खुलेको छ । फरार भएका बसका चालक र समितिका व्यक्तिहरू सम्पर्कमा आएर छलफल सुरु भएपछि केही समयका लागि बाटो खुलाएको स्थानीय सोबानसिंह खड्काले जानकारी दिए ।

‘यात्रुहरूको समस्यालाई ध्यानमा राखेर हामीले केही समयका लागि बाटो खोल्ने निर्णय गरेका छौं खड्काले भने ‘ुहाम्रो माग पुरा भएन भने फेरी बन्द गर्छौँ ।’

दोषीलाई कारबाही हुनु पर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग रहेको खड्का बताउँछन् । उनले भने ‘कुरा मिलेन भने फेरी बन्द हुन्छ ।’

सोमवार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेल्धुरा, आलिताल गाउँपालिका–१ थक्लाडी पुर्णबहादुर ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । घटनापछि बस चालक फरार थिए ।

दुवै पक्षबीच कैलालीको मालाखेती इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनले छलफल सकारात्मक रहेको सूचना आएको समेत बताए ।

‘घटना घटेको कैलालीको क्षेत्रमा भयो, मृत्यु हुने मान्छे डडेल्धुराका परे’ उपाध्याय भन्छन् ‘त्यसैले यसमा हामीले धेरै केही गर्न सक्दैनौँ । तर बन्द डोटी जिल्लाको क्षेत्रमा भएकाले हामीले आवश्यक समन्वय गरेर छिटो सहमति गराउने प्रयास गरिरहेका छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर