रूपन्देहीमा मात्रै महाविर पुनले बेचे १ करोड १७ लाखको किताब – Nepal Press

रूपन्देहीमा मात्रै महाविर पुनले बेचे १ करोड १७ लाखको किताब

रूपन्देही । राष्ट्रिय अविष्कार केन्द्रका वैज्ञानिक डा. महाविर पुनले रुपन्देहीमा किताब विक्री गरेर १ करोड १७ लाख रुपैयाँ संकलन गरेका छन् ।

जिल्लामा १५ हजार ६ सय वटा किताव बिक्री भएको उनले जनाएका छन् । किताब बिक्रीको लागि २८ जिल्लाको यात्रा गरिसक्दा सबैभन्दा बढी किताब रुपन्देहीमा बिक्री भएको डा. पुनले जानकारी दिए ।

किताब बिक्रीको लागि उनी चैतको अन्तिम साता कपिलवस्तुबाट लुम्बिनी हुँदै रूपन्देही आएका थिए । छापेको किताब सकिएपछि केही समय उनले विक्री अभियान रोकिएपछि छापिएर आएका थप किताब बिक्री गरेपछि पुन आइतबार रुपन्देहीको यात्रा सकेर नवलपरासीतर्फ लागेको जनाएका छन् ।

किताब बिक्रीबाट आएको रकमले वीरगंज कृषि औजार कारखाना थप व्यवस्थित रूपमा सञ्चालन गर्ने उनले बताउँदै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर