सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त – Nepal Press

सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । पद तथा गोपनियताको सपथ लिएसँगै आइतबार नै उनले नीति तथा योजना आयोगको कार्यालयमा पुगेर पदभार ग्रहण गरिसकेका छन् ।

बिके राजनीतिसँगै सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत झण्डै साढे दुई दशकदेखि क्रियाशिल रहेका छन् । उनी नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो सदस्यसमेत रहेका छन् ।

चार दिन अघि बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिकेलाई नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर