अनुमति लिएर मात्र सामाजिक सञ्जालमा विज्ञापन प्रसारण गर्न बोर्डको ३ दिने अल्टिमेटम – Nepal Press

अनुमति लिएर मात्र सामाजिक सञ्जालमा विज्ञापन प्रसारण गर्न बोर्डको ३ दिने अल्टिमेटम

काठमाडौं । विज्ञापन बोर्डले अनुमति लिएर मात्र सामाजिक सञ्जालमा वस्तुकाे विज्ञापन गर्न ३ दिनको समय दिएको छ ।

बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमद्वारा जारी सूचनामा सामाजिक सञ्जालमा आएका विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पो, औषधिजस्ता वस्तुले विभिन्न खालका रोगको समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरणका लागि भ्रमपूर्ण विज्ञापन आएको भन्दै बोर्डमा उजुरी परेको उल्लेख गरेका छन् ।

त्यस्ता विज्ञापन परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै ३ दिनभित्र अनुमति लिएर मात्र प्रसारण गर्न बोर्डले सूचना जारी गरेको छ ।

अनुमतिबिना विज्ञापन प्रसारण गरेमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने बोर्डले सूचनामार्फत सचेत गराएको छ ।

पछिल्लाे समय विभिन्न रोगको निदानका लागि विभिन्न किमिसका प्रोडक्टहरुको सामाजिक सञ्जालमा निर्वाध विज्ञापन हुँदै आएका छन् ।

यस्तो छ बोर्डको सूचना:

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर