सदनको भोलिको कार्यसूची तयार- राष्ट्रपतिलाई धन्यवाददेखि प्रधानमन्त्रीको विश्वासको मतसम्म – Nepal Press

सदनको भोलिको कार्यसूची तयार- राष्ट्रपतिलाई धन्यवाददेखि प्रधानमन्त्रीको विश्वासको मतसम्म

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको कार्यसूची तयार भएको छ ।

संघीय संसद महासचिव पद्म प्रसाद पाण्डेयले बिहान ११ बजे बस्ने संसदकाे सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । जसमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्तावदेखि प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव रहेका छन् ।

त्यस्तै, नेपाल सरकारको वार्षिक प्रतिवेदन तथा अध्यादेश पेश गर्ने कार्यसूची रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर