रविकाे उद्घाेष- बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ अब टीकापुर मिलाउँछु (भिडिओ) – Nepal Press

रविकाे उद्घाेष- बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ अब टीकापुर मिलाउँछु (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले टीकापुर जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई तान्नसक्ने घुमाउरो संकेत गरेका छन् । उनले आफूविरुद्धको मिडियाबाजीबाट पछि नहट्ने उद्घोष गरे ।

रविले भने, ‘मलाई साथीहरु भन्छन् मिडिया मिलाउनुस् । म भन्छु, म मिलाउँदिनँ मिडिया, म जनताका लागि विद्यालय, अस्पताल मिलाउन आएको हुँ । नमिलेका कानूनका धाराहरु मिलाउन आएको हुँ । अनुसन्धान हुँदाहुँदै रोकिएका फाइलहरु अघि बढाउने व्यवस्था मिलाउन आएको हुँ । मिडिया मिलाउन आएको होइन । बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ, टीकापुर मिलाउँछु, तर मिडिया मिलाउन सक्दिनँ ।’

टीकापुरमा ६०० कठ्ठा सरकारी जग्गा नक्कली कागजात बनाएर नेता कार्यकर्ताले हड्पेको घटनामा देउवा पत्नी आरजु जोडिएकी छन् । उनले सोही प्रकरणलाई इंगित गरेका हुन् ।

रविले कैलालीको टीकापुर बजार क्षेत्र वरपर झण्डै ३० बिघा जग्गा नेता आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको भनेर अख्तियारको प्रतिवेदनमा उल्लेख भएको स्मरण गरे । ‘ललिता निवासलाई बिर्साउने टीकापुरको जग्गा प्रकरण’ भनेर सञ्चारमाध्यममा आएको भन्दै उनले यसमाथि पनि संसदीय समिति बनाउने कि भनेर प्रश्न गरे ।


प्रतिक्रिया

2 thoughts on “रविकाे उद्घाेष- बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ अब टीकापुर मिलाउँछु (भिडिओ)

  1. आरजु राणाको पावर प्रयोग गलत भयो मनपरि अति भयो लौन उनलाई ठेगान लगाउ कोही छैन भनेको ।

  2. मिलाउ रवि जनता तिम्रो साथ छन् । मिडिया त यहाँ १२ भाइ नामका लुटेरा अनैतिकहरूले कब्जामा लिएका छन् । ती जनताको नजरमा गिरीसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर