इरानी सरकारी मिडिया भन्छ- राष्ट्रपति बोकेको हेलिकप्टरको ‘हार्ड ल्याण्डिङ’ भयो – Nepal Press

इरानी सरकारी मिडिया भन्छ- राष्ट्रपति बोकेको हेलिकप्टरको ‘हार्ड ल्याण्डिङ’ भयो

काठमाडौं । इरानको सरकारी मिडियाले राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टरको हार्ड ल्याण्डिङ भएको बताएको छ ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार उद्धारको काम द्रुत भइरहकाले सम्पूर्ण जानकारी आइसकेको छैन । अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा यो घटना भएको बताइएको छ ।

उनी अजरबैजानी राष्ट्रपति इलहम अनियेबसँग दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए । राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिरबदोल्लाहाइन, इरानी सर्वोच्च धार्मिक नेताका प्रतिनिधि अयोतल्ला महोमद अलि अले असेमलगायत समेत भएको अलजजिराले उल्लेख गरेको छ ।

राष्ट्रपति रैसी र अरुको अवस्था कस्तो छ भनेर अहिलेसम्म सार्वजनिक भएको छैन । तीन हेलिकप्टरको उडानमा अरु प्रतिनिधि बोकेका दुई हेलिकप्टर भने सकुशल आएको बताइएको छ ।

याे पनि पढ्नुस् : इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर