इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन – Nepal Press

इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

अमेरिकी समाचार संस्था एपीलाई साभार गरेर सीटीभी न्युजले दिएको जानकारीअनुसार देशको अजरबैजानसँग जोडिएको पूर्वी सिमानाको पूर्वी अजरबैजान प्रान्तमा जाने क्रममा हेलिकप्टर सम्पर्क बाहिर गएको हो । खराब मौसमको कारणले यस्तो भएको बताइएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेबसँग मिलेर दुई देशले बनाएको विशाल ड्यामको उद्घाटन गर्न रैसी त्यता गएको बताइएको छ । मौसमको कारण हो वा इजरायलसँगको तनावको कारण हेलिकप्टर सम्पर्कबाहिर गएको हो, अहिलेसम्म ठोस रुपमा दुवै पक्षबाट खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर