राप्ती प्रतिष्ठानकाे एमबीबीएस पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला काठमाडौंमा – Nepal Press

राप्ती प्रतिष्ठानकाे एमबीबीएस पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला काठमाडौंमा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसको पढाई सुरु गर्ने तयारीस्वरुप प्रतिष्ठानको तीन दिने पाठ्यक्रम विकास कार्यशाला गोष्ठी आयोजना गरेको छ । राप्ती प्रतिष्ठानलगायत ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूद्वारा संयुक्तरूपमा शनिबारबाट काठमाडौंमा गोष्ठी सरु भएको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अन्जनी कुमार झा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भुसालको विशेष उपस्थितीमा गोष्ठिको पहिलो दिनको उद्घाटन समारोह गरीएको हो ।

सो अवसरमा वोल्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा झाले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा आयोग सदैव सकारात्मक रहने र यो गोष्ठीले देशको चिकित्सा शिक्षा लाई नयाँ दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, गोष्ठीमा देश भरका ८ वटा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूद्वारा शिक्षा, अनुसन्धान र सेवाको क्षेत्रमा आपसी सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षरसमेत हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।

उनले एमबीबीएस सञ्चालन गरेका अन्य प्रतिष्ठानमा विज्ञहरु बोलाई पाठ्यक्रम निर्माणको तयारी तिव्र पारीएको र सोही योजनाअनुसार नै गोष्ठी आयोजना गरीएको बताए । उनले प्रतिष्ठानले सन्चालनमा आएको पाँच वर्षमा नर्सिङ शिक्षा र एमडिको कार्यक्रम सन्चालन गरेकोमा खुशी व्यक्त गर्दै यहांको उत्पादन गुणस्तरीय भएर सवै स्थानमा विक्नेमा पनि उनले विश्वास व्यक्त गरे ।

‘मलाइ विश्वास छ, यहाँ नर्सिङ, एमडी जस्तै पढाइका लागि भौतिक पुर्वाधारको राम्रो व्यवस्थापन छ, पढाई पनि सुरु गरीसकेका छौ, अब एमबीबीएसको पढाई पनि सञ्चालन गर्न पनि पाठ्यक्रम, पुर्वाधारहरु ल्याब तयारी अवस्थामा राख्दैछौं, एमविविएस पढाउनैका लागि चिकित्सकहरु आउनेक्रम जारी रहेको छ, फ्याकल्टी बनाउने काम चलिरहेको छ’, रजिष्ट्रार लम्सालले थप्नु भयो, ‘एमबीबीएसका लागि प्रतिष्ठानलाई ५० जना विद्यार्थी भर्ना भएमा दाङको सामाजिक, आर्थिकको अवस्था र प्रतिष्ठानको समग्र अवस्थामा राम्रो परीवर्तन आउनेछ, अहिले आइरहनु भएका र अध्यापन गराइरहनु भएका एक से एक असिष्टेण्ट, एशोसियट र प्राध्यापकहरु पनि सक्षम र क्षमतावान हुनुहुन्छ, त्यसैले यहां अध्ययन पुरा गरेका विद्यार्थिहरुले सहजै रुपमा सवै क्षेत्रमा रोजगारी पाहुन सक्ने हुनेछन् ।’

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भुसालले पाठ्यक्रम निर्माण पश्चात पास भएर छिट्टै पढाइ सुचारु हुने विश्वास व्यक्त गरे । साथै, उनले पाठ्यक्रमको विकासको लागि प्रतिष्ठानले गरेको मेहेनतको प्रसंशा गरे ।

कार्यक्रममा बाेल्दै प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानले यसअघि नर्सिङ र एमडीको पाठ्यक्रम बनाएर शैक्षिक कार्यक्रम सुरुवात भई सञ्चालनमा आइसकेको भन्दै अब आउने दिनमा एमविविएसको पनि पाठ्यक्रम तयार गरेर पढाई सञ्चालन गर्ने गरी सबैखाले तयारी अघि बढाइएको बताए ।

उनले एमबीबीएसको लागि छुट्टै ल्याव बनाउनेदेखी पुर्वाधारको ब्यवस्थापन गर्ने गरी प्रतिष्ठानमा अहिले कार्य भइरहेको जानकारी दिए ।

प्रतिष्ठानवाट एमबीबीएसको पाठ्यक्रम तयारीका लागि राप्ती प्रतिष्ठानवाट उपकुलपति डा. लामिछाने, रजिष्ट्रार प्राध्यापक लम्सालसहीत पुर्व शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, डीन डा. सागर पन्थि, सर्जन डा. सुर्यमान लिम्वु लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा एमबीबीएस सञ्चालन गरेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ प्राध्यापकहरूको सहभागीता छ । गोष्ठी सोमबारसम्म चल्नेछ ।

प्रतिष्ठान स्थापना भएको करिब ५ वर्षपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शैक्षिक कार्यक्रम सन्चालनमा आउन थालेका छन् ।

हाल प्रतिष्ठानमा विएस्सी नर्सिङ, वीएनएस नर्सिङ, डाक्टरको स्नाकोत्तर तहको पढाई एमडिमा एमडिजिपि, प्रसुति, अर्थोपेडिकमा गरेर ४ जना विद्यार्थी भर्ना भई सञ्चालनमा आइसकेको छ । नर्सिङ कक्षामा बीएससी नर्सिङतर्फ २० जना र बीएनएस तर्फ २० जना विद्यार्थि भर्ना भएका छन् । हरेक शेसनमा १५ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *