कर्णालीको मुगुमा एफटीटीएच सेवा सुचारु – Nepal Press

कर्णालीको मुगुमा एफटीटीएच सेवा सुचारु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘भर्चुअल’ माध्यमबाट कर्णाली प्रदेशको मुगु जिल्लामा फाइबर टू दी होम (एफटीटीएच) सेवाको शुभारम्भ गरेकी छन् । सेवा पुग्न बाँकी हुम्लामा आगामी आर्थिक वर्षभित्रै एफटीटीएच सेवा पुर्याउने लक्ष्य राखिएको मन्त्री शर्माले जानकारी दिएकी छन् ।

आइतबार एक कार्यक्रमका बीच उनले एफटीटीएचको सुरुवात गरेकी हुन् ।

भौतिक विकासमा पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोड्ने लक्ष्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

गुणस्तरीय इन्टरनेट सेवा पुर्याइ जनजीवन सहज बनाउने र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन सरकारले आफ्नो साधन र स्रोतको अधिकतम प्रयोग गर्दै आएको र त्यसको सार्थक परिणाम पनि हासिल हुँदै आएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

देशका ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको लक्ष्यलाई नेपाल टेलिकमले कार्यान्वयनमा ल्याएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *