टीकापुरको १५ बिघा जग्गा व्यक्तिको नाममा ल्याउने नापी-मालपोतका हाकिम र जग्गाधनीलाई मुद्दा – Nepal Press

टीकापुरको १५ बिघा जग्गा व्यक्तिको नाममा ल्याउने नापी-मालपोतका हाकिम र जग्गाधनीलाई मुद्दा

काठमाडौं । कैलाली टीकापुरको १५ बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गराएको अभियोगसहित टीकापुर मालपोत, नापीका तत्कालीन प्रमुख र जग्गाधनीउपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मालपोत र नापीका २/२ जना कर्मचारी र ४ जना जग्गाधनीसमेत ८ जनाउपर मुद्दा दायर गरिएको हो ।

कैलालीको साविक नारायणपुर-८ मा २०२१ सालको फिल्डबुकमा जंगल कायम रहेको २७ बिघा जंगलबाट कित्ताकाट गरी हकभोगको जग्गा भन्ने बनाइ स्रेस्ता खडा गरिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर मालपोतका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नासु अग्नीबहादुर शाही, नापीका तत्कालीन अधिकृत मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलसहित आफ्नो नाममा जग्गा धनीपूर्जा बनाउने विन्द्र रावल, कमलबहादुर रावल, सुशीबहादुर रावल र विमलबहादुर रावलउपर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरूबाट जनही २४ करोड ६ लाख ६९ हजार बिगो दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर