हुन्डी कारोबारीको आशंकामा वीरगन्जबाट झन्डै १३ लाख नगदसहित १ जना पक्राउ – Nepal Press

हुन्डी कारोबारीको आशंकामा वीरगन्जबाट झन्डै १३ लाख नगदसहित १ जना पक्राउ

काठमाडौं । प्रहरीले वीरगन्जबाट हुन्डी कारोबारीको आशंकामा झन्डै १३ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २८ वर्षीय रविकुमार पटेल रहेका छन् ।

वीरगन्जबाट परवानीपुरतर्फ प्रदेश २-०३-०१० प ६७१९ नम्बरको मोटरसाइकलमा गइरहेका पटेललाई प्रहरीले नियन्त्रणमा लिएर जाँच गरेको थियो ।

उनले भिरेको झोलामा उक्त रकम बरामद भएको प्रहरीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर