ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा – Nepal Press

ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा

काठमाडौं । हुन्डी कारोबारको आशंकामा ठमेलस्थित एक होटलमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ ।

चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको बुझिएको छ । प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरे पनि होटलको नाम खुलाएनन् ।

‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो । हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर