पहलमानपुरको कोल्डस्टोर संरक्षण गर्न नेकपाको माग – Nepal Press

पहलमानपुरको कोल्डस्टोर संरक्षण गर्न नेकपाको माग

कैलाली । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको पहलमानपुरमा रहेको प्रदेशको सबै भन्दा ठूलो क्षमताको कोल्ड स्टोर संरक्षण गर्न माग गरेको छ ।

वैशाख २३ गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज डबल बहादुर शाह (भरत सी)ले पहलमानपुरको कोड स्टोर देखी महाकाली कोरिडोर सम्मका विषयमा पार्टीले निर्णय गरेको जानकारी दिएका हुन् ।

उनका अनुसार एमसीसी, वैदेशिक हस्तक्षेप, भ्रष्टाचार, विकृति, मिटर व्याज लगायतका विषयमा पार्टीले सङ्घर्ष गर्ने र सीमामा सहायक केन्द्रको स्थापना गर्ने निर्णय गरिएको छ ।

उनले पाँच बुँदामा सङ्कल्प प्रस्ताव पास गरेको पनि जानकारी दिए ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनको लागि दबाब सृजना गर्ने, महाकाली कोरिडोर, सेती लोक मार्गको लागि पर्याप्त बजेट विनियोजन गर्न लगाउने र छिटो सम्पन्न गर्न माग गर्ने, गरिब, किसान, र सुकुम्वासीलाई वैकल्पिक व्यवस्था विना विस्थापन गर्ने कामको विरोध गर्ने, कोड स्टोरको संरक्षणको पहल गर्ने देखी चिसापानी राजकाडा केबुलकारमा स्थानीय निकाय र जनताको शेयर सुनिश्चितताको पहल गर्ने सङ्कल्प प्रस्ताव पास गरिएको छ ।

कैलालीको गोदावरी हरैयाको जग्गा पार्टीको नाममा रहेको पनि ठहर गरेको उनले बताए । ६ महिने पार्टी सुदृढीकरण तथा जन सम्बन्ध विस्तार अभियान सुरु गरिएको र विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको समेत उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले आर्थिक संकट र युवा पलायनले देश थप सङ्कटमा गइरहेको भन्दै मुलुकको विकासको लागि नेपाली विशेषताको समाजवादको स्थापना आवश्यकता रहेको उनले जानकारी दिए । उनले सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर