अत्यावश्यक बाहेकका सरकारी कार्यालय, संस्थान तथा बीमा सेवा बन्द (आदेशसहित) – Nepal Press

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, संस्थान तथा बीमा सेवा बन्द (आदेशसहित)

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा कार्यालयको सेवा बन्द हुने भएका छन् ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय गरेका हुन् ।

साथै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र संचालन हुन पाउने भएका छन् ।

ती संस्थाका सवारी साधनलाई दिउँसो चल्न नदिइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर