खाद्यान्न र निर्माण सामग्री ढुवानीमा रोक लगाउने निर्णय (आदेशसहित) – Nepal Press

खाद्यान्न र निर्माण सामग्री ढुवानीमा रोक लगाउने निर्णय (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ ।

मंगलबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले जारी गरेको कोभिड संकट अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

खाद्यान्न र निर्माण सामाग्री ढुवानीलाई स्थगित गर्ने, सार्वजनिक तथा निजी निर्माण पनि रोक्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले नेपाल प्रेसलाई बताए ।

बैंक तथा वित्तिय संस्थाको हकमा वाणिज्य बैंक र विकास बैंकका शाखालाई सीमित रुपमा खुल्न दिने निर्णय भएको छ । उपत्यकाका तीन जिल्ला प्रशासनले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म रहने निर्णय गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *