अन्तर व्यवस्थापिका भेलाकाे घाेषणापत्र- उत्तर विधायिकी परीक्षणमा जाेड – Nepal Press

अन्तर व्यवस्थापिका भेलाकाे घाेषणापत्र- उत्तर विधायिकी परीक्षणमा जाेड

रुपन्देही । संसद र संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउन संसदबाट निर्मित कानूनहरूको उत्तर विधायिकी परीक्षण गराउन अन्तरविद्यायक सम्मेलनले माग गरेको छ ।

लुम्बिनी प्रदेश सभाले पाल्पामा आयोजना गरेको सम्मेलनमा संघीय सभा र सातै प्रदेश सभाका सभामुख तथा उपसभामुख एवम् राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सचिवहरु सहभागी छन् ।

सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गर्दै संघीय संसदले उत्तर विधायिकी परीक्षण सम्बन्धमा प्रदेश सभाका समिति र सचिवालयका जनशक्तिलाई क्षमता अभिवृद्धिमा सहयोग र सहजिकरण गर्ने जनाइएको छ ।

वैशाख १३,१४ र १५ गतेसम्म चल्ने यो सम्मेलनले शुक्रबार तयार गरेको घोषणा पत्रमा संघीय संसद र प्रदेश सभाहरू बीचमा आवश्यक सहकार्य गरे अगाडि बढ्ने जनाइएको छ ।
घोषणपत्रको पूर्णपाठः

palpa-ghosana-patra


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *