मुख्य न्यायाधिवक्ताको राय आउन ढिलाई, एमाले माओवादीका नेताहरु अझै प्रदेश प्रमुखको कार्यालयमा – Nepal Press
काेशी प्रदेश

मुख्य न्यायाधिवक्ताको राय आउन ढिलाई, एमाले माओवादीका नेताहरु अझै प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर । मुख्य न्यायाधिवक्ताको राय नआउँदा कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न ढिलाई भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुखले आज सरकार गठनको आह्वानका विषयमा राय मागेका थिए । राय पठाउन ढिलाई भएपछि प्रदेश प्रमुख अलमलमा देखिएका छन् ।

सरकार गठनको आह्वान आजै गर्ने भएपछि एमाले र माओवादीका नेताहरु अहिले पनि प्रदेश प्रमुखको कार्यालयमा छन् । प्रदेश प्रमुखसँग दिउँसो भएको छलफल र सरकार गठनका लागि आह्वान गर्न दिएको निवेदन पछि प्रदेश प्रमुखले आजै आह्वान गर्ने संकेत गरेका थिए ।

त्यस्तो संकेत पछि एमाले संसदीय दलका नेता हिक्मत कार्की माओवादी संसदीय दलका नेता ईन्द्र आङवोलगायतका नेताहरु प्रदेश प्रमुखको कार्यालयमै छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर