बाँके एमाले निर्वाचन : कक्षपतिको उम्मेदवार फिर्ता, गुरुङ र बीसीबीच प्रतिस्पर्धा – Nepal Press

बाँके एमाले निर्वाचन : कक्षपतिको उम्मेदवार फिर्ता, गुरुङ र बीसीबीच प्रतिस्पर्धा

रुपन्देही । नेकपा एमाले बाँकेको नयाँ नेतृत्वका लागि शनिबार साँझ उम्मेदवारी परेपनि निवर्तमान अध्यक्ष किस्मत कक्षपतिलाई फिर्ता गराउन शनिबार राति र आइतबार दिनभर प्रतिनिधिहरुलाई कुराइएको छ । शुक्रबार सुरु भएको नवौं अधिवेशनको बन्द सत्र शनिबार सकिएर साँझ नै उम्मेदारी ६ बजे सकिएको थियो ।

तर नेताहरुले अपेक्षा गरेभन्दा फरक तरिकाले त्रिपक्षीय प्यानल बनेपछि त्यसलाई मिलाउन नेताहरुले समय लिएका हुन् । शनिबार निवर्तमान अध्यक्ष किस्मत कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ्ग र निवर्तमान उपाध्यक्ष डिल्ली बिसीले अधिकांश पदमा प्यानलसहित उम्मेदवारी दिएका थिए ।

शनिबार रातभर र आइतबार दिनभरको मेहनतले पनि जिल्ला अधिवेशनमा सर्व सम्मतको प्रयास सफल नभएपछि आइतबार साँझ ६ बजेबाट निर्वाचनको तयारी गरिएको हो ।

आइतबार अपरान्ह अध्यक्षमा उम्मेदारी दिएका कक्षपतिले उम्मेदवारी फिर्ता लिएपछि गुरुङ्ग र बिसीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने र ६ बजेपछि निर्वाचन हुने निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले नेपाल प्रेसलाई बताए ।

नेताहरुका अनुसार कक्षपतिले प्रतिनिधिहरु बीच प्रत्यासी गुरुङ्गलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।

बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ रहेको तथा गुरुङ्गलाई एमाले केन्द्रीय सदस्य तथा बाँकेका प्रतिनिधिसभा सदस्य सूर्य ढकाललगायतको साथ रहेको छ । उपाध्यक्षमा रत्न खत्री र रविन्द्र लम्सालको मात्रे उम्मेदारी रहेको छ ।

यसअघि उम्मेदवारी दिएका सुमन मल्ल, इन्द्रबहादुर थापाले फिर्ता लिएका छन् । सचिवमा दत्तप्रसाद आचार्य, भीम वली, बलाराम भट्टराई, खिलप्रसाद भुसालबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

उपसचिवमा किशोर थापा, दिपककुमार बर्मा, सोमलाल यादव र समावेशी उपसचिवमा रचना श्रेष्ठ, शारदा विश्वकर्मा, निर्मला सुनार प्रतिस्पर्धामा छन् । ४६८ जना प्रतिनिधि रहेको अधिवेशनबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । केही समावेशी सदस्यहरु निर्विरोध भएपनि अन्यमा निर्वाचन हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर