म्यान्चेस्टर सीटीलाई लगातार चौथो पटक उपाधि – Nepal Press

म्यान्चेस्टर सीटीलाई लगातार चौथो पटक उपाधि

काठमाडौं । लगातार चौथो पटक च्याम्पियन बन्दै म्यानचेस्टर सीटीले सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लगातर चार सिजन उपाधी जित्ने सिटि प्रिमियर लिगको पहिलो क्लब बनेको छ ।

उपाधि जित्ने क्रममा सिटीले आइतबार वेस्ट ह्याम युनाइटेडलाई ३–१ गोलले पराजित ग¥यो ।

अन्तिम दिन सिटीलाई उपाधि जित्न जितको आवश्यक परेको बेला सिटिका फिल फोडेन नायक बने म उनले पहिलो हाफको दोश्रो मिनेटमा गोल गर्दै सिटिलाइ अग्रता दिलाए । पहिलो हाफकै १८ मिनेटमा उनले अग्रता दोब्बर पारे ।

५९ मिनेटमा सिटीका लागि रोद्रीले तेस्रो गोल गरेका थिए । त्यसअघि ४२ मिनेटमा कुडुसले वेस्ट ह्यामका लागि गोल गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर