कांग्रेसलाई रविको प्रश्न- मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? (भिडिओ) – Nepal Press

कांग्रेसलाई रविको प्रश्न- मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सहकारीको रकम अपलचन गरेको कांग्रेसको आरोपप्रति संसदको बैठकमा जवाफ दिएका छन् । आज पहिलोपटक उनले संसदमा यस विषयमा बोलेका हुन् ।

लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाए ।

उनले भने, ‘म गृहमन्त्री बन्न नैतिकरुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ? अफर गर्नेहरुले कान रातो पार्नु पर्दैन । मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला ।’


प्रतिक्रिया

One thought on “कांग्रेसलाई रविको प्रश्न- मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? (भिडिओ)

  1. अनैतिक लाज शरम नभएको काँग्रेसलाई केको चिन्ता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर