न्यूरो कारडियो तथा स्वस्तिक हेल्थ केयर र प्रभु बैंकबीच छुट सम्झौता – Nepal Press

न्यूरो कारडियो तथा स्वस्तिक हेल्थ केयर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८, मोरङस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकटबाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहबीच हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक लि. गोल्छा चोक, शाखा प्रमूख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा हस्पिटललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक हस्पटिलले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।

त्यस्तै, ताल्छिखेल, सातदोबाटो, ललितपुरस्थित स्वस्तिक हेल्थ केयर सेन्टरसँग पनि प्रभु बैंकका कर्मचारी र ग्राहकहरुलाई अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्नेबारे सम्झौता भएको छ ।

स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउने छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० देखि २५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *