इरानी राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटना स्थल जान कठिनाइ – Nepal Press

इरानी राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटना स्थल जान कठिनाइ

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटनाको उद्धारका लागि खराब मौसमका कारण समस्या भएको छ ।

आइतबार भएको दुर्घटनामा उक्त स्थानमा पुग्न कठिन भएको बीबीसीलगायत अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

हेलिकप्टरमा राष्ट्रपति रैसीसहित विदेशमन्त्री होसेन आमिर अब्दुलाहानियन सवार थिए ।

उनीहरु इरान–अजरबैजान सीमा क्षेत्रबाट इरानको उत्तरपश्चिमको ताब्रीज जाँदै थिए । खराब मौसमले निम्त्याएको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *