राष्ट्रपतिका आर्थिक विज्ञ डा. नेपालको यस्तो छ स्पष्टोक्ति – Nepal Press

राष्ट्रपतिका आर्थिक विज्ञ डा. नेपालको यस्तो छ स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे आफूले बोलेको भनेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर राष्ट्रपति संस्थालाई नै आक्षेप लगाउने गरी केही अनलाईन सञ्चारमाध्यममा आएको टिप्पणीप्रति आफू स्तब्ध र दुःखी भएको बताएका छन् ।

यस विषयमा डा. नेपालसँग राष्ट्रपति पौडेलले चासो र जिज्ञासा राखेएपछि जारी विज्ञप्तिमा यस्तो बताएका हुन् । ‘यस विषयमा सम्माननीय राष्ट्रपतिज्यूले चासो र जिज्ञासा राख्नुभएकोमा केही अनलाइनमा आएका विषयमा मैले पूर्व गर्भनर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रकाशन भएकोमा दुःखी भएको अवगत गराएको छु’, उनले भनेका छन् ।

केही अनलाइनमा आएका विषयमा आफूले पूर्व गर्भनर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रचार गरेको र सम्मानति संस्थालाई अनावश्यक विवादमा ल्याएकोमा दुःख व्यक्त गर्दै आफनो भनाई भनेर आएका सम्बन्धीत विचारको नैतिक जिम्मेवारी आफै लिएको पनि वक्तव्यमा स्पष्ट पारेका छन् ।

‘उक्त विषयमा मलाई पूर्व गर्भनर र अर्थशास्त्रीका हैसियतमा सोधेको प्रश्नको जवाफ दिनेक्रममा मैले व्यक्त गरेको विचारलाई गलत आशयले प्रचार भएको जानकारी पनि गराउन चाहन्छु, मैले एउटा अर्थशास्त्री र एउटा विवेकशील नागरिकका नाताले कुनै विषयमा कूटनीतिक तहमा छलफल भैरहँदा देश र जनतालाई नै व्यवहारिक कठिनाई उत्पन्न हुने काम हुन्छ कि भनेर सचेत गराउने मात्र मेरो आशय थियो, आफ्नो राष्ट्र, राष्ट्रियता र संविधानप्रति मेरो समर्पण मेरा लागि जीवनको सबैभन्दा मूल्यवान छ यसमा कहिल्यै कुनै सम्झौता हुन सक्दैन’, उनले बुधबार एक वक्तव्य जारी गरी भनेका छन् ।

उनले आफूले यो भन्दा भिन्न हुने गरी कुनै कुरा नबोलेको पनि स्पष्ट गरेका छन् । ‘तथापी मैले बोलेको विषयलाई लिएर राष्ट्रपतिजस्तो मर्यादित संस्थालाई अनावश्यक विवाद गरिएको हुँदा मेरो भनाई भनेर आएका सञ्चारमाध्यमका सम्बन्धित विषयका नैतिक जिम्मेवारी व्यक्तिगत रुपमा म आफै लिन्छु र यो विषयलाई लिएर सम्मानित राष्ट्रपति संस्थालाई अनावश्यक विवादमा नतान्न म विनम्रतापूर्वक आग्रह गर्दछु’, उनले भनेका छन् ।


प्रतिक्रिया

3 thoughts on “राष्ट्रपतिका आर्थिक विज्ञ डा. नेपालको यस्तो छ स्पष्टोक्ति

  1. नेपालको भाग नेपालको नोटमा राख्दा व्यवहारिक कठिनाइ आउँछ भने मुकाविला गर्नुपर्छ । डराएर बोल्ने कायरहरू देश बेचेर भए पनि पद प्राप्त गर्ने दलाल हुन्।

  2. नेतिकता हुनेले नेतिकताकाे जिम्मेवारी लिन्छन् त । अमुक पार्टाकाे झाेले भयककाे कारणले राष्ट्र काे उच्च पदमा पुगेर राज्यकाेष लुट्नेले म तेयाे पदकाे पुर्ब पदाधिकारि वा कार्यकारि भयकाे नाताले बाेलेकाे भन्दा अाम जनाले पत्याउनु पनि पर्याे नि ? राष्ट्र ब्याङ्काे गभर्नर भयर ब्याङ्क बित्तिय सस्थाहरुकाे चुक्ता पुजि ४००% सम्म बढाउने अादेश दियर सबै ब्याङ्किङ क्षेत्र लाड धारासायि गराउने देखिदेशकाे अार्थकर माृद्रिक नितिमा सुधार गर्न के गरेकाे थियाे याे लठुवाले ? अहिले नेपालका सम्बिधानले राष्ट्र पतिलाई के अार्थक अधिकार दियकाे छ यस्ता पार्टिका झालेलाड तलब सुबिधा दियर राष्टपितले अार्थिक सल्लाहकार राखेकाे हाे कि सस्कर, कालाबजारि, भुमाफिया, ब्याङक ठग, ज्यामारहरुबाट नियमित असुलिका लागि अनुभबि दलाल नियुक्ति गरेकाेहाे यसबारे पनि राष्ट्रपति कार्यलयबाट बिग्यप्तिअाउछ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर