शपथलगत्तै इलामको योजना सूची लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ – Nepal Press

शपथलगत्तै इलामको योजना सूची लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ

काठमाडौं । इलाम २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै उनी अर्थमन्त्रालय पुगेका हुन् । इलाममा चुनाव जितेर काठमाडौं फर्किएलगत्तै उनी आफ्नो निर्वाचन क्षेत्रमा बजेटको ताकेतासहित सिंहदरबार दौडधुपमा छन् ।

गएको २ दिन विभिन्न मन्त्रालयमा मन्त्री, सचिवलाई भेटेर उनले आफ्ना क्षेत्रका समस्या राख्दै रकम विनियोजनको माग गरेका थिए । पूर्वाधार, कृषि, खानेपानी, पर्यटन, सामाजिक विकासलाई प्राथमिकता राख्दै अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेश गरेको उनले बताए ।

अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन् ।

निर्वाचन क्षेत्रको मुहार फेर्न अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्ने उनको योजना छ ।

‘नयाँ बजेट लेखनमा अन्तिम चरणमा सबैतिरका समस्या एकैपटक सम्बोधन गर्न गार्‍है हुन्छ । अधिकतम आयोजना पार्ने, क्रमागतमा राख्नेबारे अर्थमन्त्रीसँग कुरा गरेको छु’, उनले भने ।

यो पनि पढ्नुहोस् : इलाममा ‘बजेट पार्न’ सिंहदरबारभित्र सुहाङको दौडधुप


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर