मतदानपछि सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु (भिडिओ) – Nepal Press

मतदानपछि सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु (भिडिओ)

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो ।

इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरे । जिल्लामा शान्तिपूर्ण मतदान जारी रहेको बताइएको छ । मतदान गरिसकेपछि बोल्दै नेकपा एमालेका उम्मेदवार नेम्वाङले उत्साहको महशुस भइरहेको बताए ।

उनले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए । उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताए । घरदैलो कार्यक्रममा मतदाताहरुले देखाउनुभएको मायाले जित्नेमा विश्वस्त रहेको बताए ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर