कोशीमा संकल्प प्रस्तावको डेडलाइन समाप्त : छलफलमा एमाले-माओवादी नेता – Nepal Press

कोशीमा संकल्प प्रस्तावको डेडलाइन समाप्त : छलफलमा एमाले-माओवादी नेता

विपक्षी दलका नेता भन्छन्- कार्की सरकार कामचलाउमा परिणत भइसक्यो

विराटनगर । कोशी प्रदेशसभाबाट पारित निर्देशन पालना नगरेपछि गठबन्धनका ठूला दल छलफलमा जुटेका छन् ।

कार्कीलाई दिएको समय सीमा गएरातिबाट सकिएको छ । उनले संकल्प प्रस्तावका आधारमा आफूले विश्वासको मत लिनु नपर्ने अडान राख्दै आएका छन् । संविधानको धारा १६८ (५) मुख्यमन्त्री नियुक्त भएकाले अल्पमतमा पर्दैमा राजीनामा पनि नदिने उनको जिकिर छ । उक्त धारा बोमजिम गठित सरकारले एक पटक विश्वासको मत पाइसकेको उनको भनाइ छ ।

अहिले नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश नेताहरू भावी योजना बनाउन छलफलमा जुटेका छन् ।

गत वैशाख ६ गते कोशी प्रदेशसभाको विशेष अधिवेशनबाट पारित भएको संकल्प प्रस्ताव अनुसार हिजोसम्म कार्कीले आफूमाथि सदनको विश्वास छ भनी देखाउनु थियो ।

आजदेखि कार्की सरकार कामचलाउ हैसियतमा परिणत भएको विपक्षी दलको दाबी छ । २०८० चैत २६ मा माओवादीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

उक्त मितिले मंगलबार नै ३० दिन पुगेको भए पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएको कारण वर्तमान सरकार आजदेखि कामचलाउ हैसियतमा पुगेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेपाल प्रेससँग बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर