शपथपछि सुहाङको पहिलो प्रतिक्रिया- सदनमा भइरहेको अवरोध संवादबाटै हटाउनुपर्छ (भिडिओ) – Nepal Press

शपथपछि सुहाङको पहिलो प्रतिक्रिया- सदनमा भइरहेको अवरोध संवादबाटै हटाउनुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रतिनिधि सभामा भइरहेको अवरोध संवादबाटै हटाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सबै एकताबद्ध भएर अगाडि बढ्न सके मात्रै समृद्ध नेपाल बन्ने बताए।

उनले भने, ‘बुबाले सबै एकतामा विश्वास राख्नुभयो। सामाजिक सद्भाव र एकतामा एकताबद्ध भएर अगाडि बढ्दा समृद्ध इलाम र समृद्ध नेपालको परिकल्पना गर्न सक्छौँ भनेर बोल्दै आउनुभएको थियो त्यही भएर हरेक कुराको हल संवादबाटै हुन्छ। संवादमा संसदलाई राम्रोसँग चल्न दिनुपर्छ भन्नेमा मेरो विश्वास छ।’

उनले इलामको समस्या समाधान गर्न र विकास निर्माणको कामलाई आफूले सधैँ प्राथमिकता राख्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर