अशोक राईलाई उपेन्द्रको आह्वान- पार्टीमा फर्किनुस्, मिलेर अगाडि बढौँला (भिडिओ) – Nepal Press

अशोक राईलाई उपेन्द्रको आह्वान- पार्टीमा फर्किनुस्, मिलेर अगाडि बढौँला (भिडिओ)

'म अमेरिकाबाट फर्किएपछि सरकार ढल्दैछ भन्ने हल्ला प्रधानमन्त्रीकहाँ पनि पुर्‍याइएको पाइयो'

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गरेर हिँडेको अशोक राई नेतृत्वको टोलीलाई वार्तामा आउन आह्वान गरेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अहिलेको कदमबाट ब्याक भएर आए आफू वार्ताका लागि तयार गरेको बताए।

उनले भने, ‘उहाँहरूले अहिले उठाउनुभएको कदम हो। त्यो कदमबाट ब्याक हुनुस्, पार्टीमा फर्किनुस् र पार्टीमा समस्या भयो भने बसेर हल गरेर अगाडि बढौँ। हामी त्यसका लागि खुला छौँ। उहाँहरू सच्चिएर आए बसेर छलफल गर्न तयार छौँ।’

उनले आफू अमेरिकाबाट फर्केपछि सरकार ढल्दैछ हल्ला प्रधानमन्त्रीकहाँ सम्म पुर्‍याइएको पाइएको बताए।

उनले भने, ‘हामीले सरकारलाई दिएको समर्थन यथावत् नै छ। त्यसमा फेरबदल भएको छैन अहिलेसम्म, बाँकी कोर्स कसरी जान्छ भन्ने कुरा एक हातले ताली बज्दैन। हामीलाई बर्खास्त गर्नुपर्छ भनेर उहाँहरूले भनेका पनि होलान्, त्यो उहाँहरूको पार्ट हो। तर, त्यो अस्थिर राजनीतिक कोर्सको पनि जिम्मेवारी उहाँहरूले लिनुपर्छ नि। मुलुकको बर्बादीको जिम्मेवारी लिनुपर्छ नि। हामी त्यसको कारक तत्त्व होइनौँ। प्रधानमन्त्रीजीलाई पनि सरकार ढल्दैछ भन्ने जुन हल्ला यहाँ फैलाइयो, म आउने बित्तिकै सरकार ढल्छ भन्ने कुरा प्रधानमन्त्रीलाई पनि पारेको बुझियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर