पार्टीको आगामी रणनीति बनाउन देउवाले नेताहरूलाई डाके बूढानीलकण्ठमा – Nepal Press

पार्टीको आगामी रणनीति बनाउन देउवाले नेताहरूलाई डाके बूढानीलकण्ठमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई बूढानीलकण्ठ बोलाएका छन्। दिउँसो २ बजे बैठक बस्नेगरी देउवाले पार्टीका नेताहरूलाई निवासमै बोलाएका हुन्।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र २८ गतेदेखि सुरू हुने बजेट अधिवेशनका विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्नं संसदीय समिति बनाउनुपर्ने माग राख्दै आइरहेको छ। तर, सरकारले समितिको पक्षमा छैन।

हिजो सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक राखेपनि गतिरोध हटाउने बिषयमा सहमति बन्न सकेन। आज त्यसबारेमा पार्टीको रणनीतिबारे छलफल हुने जनाइएको छ।

यस्तै, बैठकमा भोलि बस्ने संसदीय दलको बैठकबारे पनि छलफल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर