धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा – Nepal Press

धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा

रुपन्देही । सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो । शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सिआईबीको जिम्मा लगाइएको स्रोतले जनाएको छ ।

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै थिए । दीपेश रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनी पक्राउ गरिएको बताइएको छ ।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले पुनले अदालतले तोकेको धरौटी रकम बुझाएपछि तारेखमा छाडिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *