सामुदायिक वनमा आगो लगाएको आरोपमा कास्कीमा एक जना पक्राउ – Nepal Press

सामुदायिक वनमा आगो लगाएको आरोपमा कास्कीमा एक जना पक्राउ

काठमाडौं । कास्कीमा सामुदायिक वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका- ३ मराम्चेका ३९ वर्षीय अगन्धर पौडेल रहेका छन् ।

मराम्चे सामुदायिक वनमा लागेको आगो पौडेलले लगाएको उजुरीपछि उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

दुई दिनअघि उक्त सामुदायिक वनमा आगो लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *