मधेश प्रदेशमा टिकेनन् एसपी, सिरहाबाट आचार्य पनि तानिए – Nepal Press

मधेश प्रदेशमा टिकेनन् एसपी, सिरहाबाट आचार्य पनि तानिए

काठमाडौं। सिरहा प्रहरी प्रमुख सन्तोष आचार्य पनि तानिएका छन् । प्रहरी प्रधान कार्यालयले आचार्यलाई जिल्ला प्रमुखबाट हटाएको हो । त्यहाँ रमेश पण्डितलाई पठाइएको छ ।

आचार्यको गत फागुन १ गते सिराहा प्रमुखमा सरुवा भएको थियो । सोही मितिमा मधेश प्रदेशका जिल्ला प्रमुख भएका तीन एसपी यसअघि नै तानिएका थिए ।

चैत २३ गते सर्लाहीबाट दयानिधि ज्ञवाली, धनुषाबाट मित्रबन्धु शर्मा र महोत्तरीबाट श्यामकुमार राईलाई तानिएको थियो । मधेश प्रदेशका ८ जिल्लाहरू एसपीका लागि ‘आकर्षक’ मानिन्छन् ।

अनियमितता र आचरण सम्बन्धी प्रश्न उठेपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयको स्पष्टोक्ति हुने गरेको छ । एसपीसम्मको सरुवा आईजीपीले गर्छन् ।

सामान्यतया कार्यालय प्रमुखलाई एक वर्षभन्दा कम अवधिमा हटाउने नपाउने र हटाउन परे कारण दिइनुपर्ने नियमावलीको व्यवस्था छ ।

गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवामा हस्तक्षेप नगर्ने तर अनियमिततामा मुछिनेविरुद्ध कडा कारबाही गर्ने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर